नेशनल अर्थोपडिक हस्पिटलमा निशुल्क शिविर, २६७ जनाले सेवा लिए

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०८१, आईतवार

नेपालगन्ज: नेपालगन्जस्थित नेशनल अर्थोपडिक हस्पिटलले हाडजोर्नी, नशा, मेरुदण्ड तथा बाथरोगको निःशुल्क शिविर गरेको छ । हस्पिटलमा आयोजित शिविरमा दुई सय ६७ जनाले सेवा लिएका थिए ।

अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले बिरामीहरुलाई स्वास्थ्य सेवा दिएका थिए । हस्पिटलले निशुल्क विशेषज्ञ परामर्श सेवा, सुगर, युरिक एसिड जाँच सेवा निःशुल्क गरेको छ । अन्य सेवाहरुमा पनि ५ देखि ५० प्रतिशत छुट दिने गरिएको डा.सद्दामले बताए ।

  • २७ श्रावण २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech