स्वास्थ्य मन्त्री पौडेललाई नेपालगन्जमा स्वागत

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०८१, शुक्रबार

नेपालगन्जः स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज बाँके आएका छन् । स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएपछि पौडेल पहिलो पटक बाँके आएका हुन् ।

विहान १०ः२५ बजेको बुद्ध एयरको फ्लाइट मार्फत राझा विमानस्थल आएका मन्त्री पौडेलले पार्टीका नेता तथा कार्यकर्तासँगै स्वास्थ्यकर्मीहरुले स्वागत गरेका छन् । आज दिनभरी नेपालगन्ज, कोहलपुर र खजुरामा आयोजित विभिन्न कार्यक्रममा उनी सहभागि हुने छन् ।

स्वास्थ्य सचिव डा.रोशन पोख्रेल सहित बाँके आएका मन्त्री पौडेलले भेरी अस्पतालको नयाँ इन्डोर भवनको औपचारिक उद्घाटन गर्दैछन् । त्यसपछि एमआरआइ सेवाको समेत औपचारिक उद्घाटन गर्ने कार्यतालिक रहेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए ।

भेरी अस्पतालको कार्यक्रमपछि उनी पार्टी कार्यालयमा जाने छन् । दिउँसो एक बजे नेपाली काँग्रेस बाँकेको कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको पार्टी सभापति नारायण प्रसाद गौडेलले जानकारी दिए ।

पार्टी भेटघाट कार्यक्रमपछि उनी कोहलपुर नगरपालिकाले आयोजना गरेको स्वास्थ्य बीमा कार्यक्रम उद्घाटनका लागि कोहलपुर जानेछन् । त्यसपछि मन्त्री पौडेल सुशील कोइराला क्यान्सर अस्पताल खजुराको समेत अवलोकन गर्ने कार्यक्रम छ । मन्त्री पौडेल आजै बेलुका काठमाडौं फर्किने छन् ।

  • २५ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech