स्वास्थ्य मन्त्री पौडेलको वरीयताक्रम दुई स्थान तल झारियो

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०८१, बिहीबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको मर्यादाक्रम हेरफेर गर्दै पौडेललाई दुई स्थान तल झारिएको छ ।

मन्त्री पौडेल यसअघि मन्त्रिपरिषद्को १४औँ वरीयताक्रममा थिए । हेरफेरअनुसार उनको वरीयताक्रम १६औँ कायम गरिएको छ । हाल १४औँ वरीयताक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई राखिएको छ ।

मन्त्री पाण्डे यसअघि १६औँ वरीयताक्रममा थिए । मन्त्रीद्वय पौडेल र पाण्डेको मात्र वरीयताक्रम हेरफेर गरिएको छ । अरू मन्त्रीको वरीयताक्रम यथावत् छ ।

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech