कोहलपुरमा स्वास्थ्य बीमाका लागि बीमा बोर्डसँग सम्झौता

    • स्वास्थ्य पेज

  • २३ श्रावण २०८१, बुधबार

कोहलपुरः बाँकेको कोहलपुर नगर अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने भएको छ । त्यसका लागि कोहलपुर नगरपालिका र स्वास्थ्य बीमा बोर्ड, बाँकेबीच बुधवार सम्झौता भएको छ । आगामी भदौ १ गतेबाट विमितहरुलाई सेवा प्रवाह गर्ने गरी नगर प्रमुख पूर्ण प्रसाद आचार्य र बाँकेको तर्फबाट जिल्ला संयोजक रमेश आचार्यले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य बीमा ऐन, २०ब४७ र स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार कोहलपुर नगर अस्पतालबाट सेवा प्रवाह गर्ने गरी स्वास्थ्य वीमाका लागि एउटा महत्वपूर्ण सम्झौता भएको नगर प्रमुख आचार्यले बताए । ‘स्वास्थ्यमा सेवाग्राहीको सहज पहुँच र सेवालाई सर्वसुलभ गराउँदै लैजाने हाम्रो उद्देश्य हो उनले भने–‘ बहुप्रतीक्षित यो कार्यक्रमले कोहलपुर नगरपालिकाका बिमितहरुको गुनासोलाई सम्वोधन त गर्ने नै छ छिमेकी पालिका लगायत अन्य अस्पतालमा रेफरको लागि जानु पर्ने बाध्यताको पनि अन्त्य गर्ने हाम्रो बिश्वास छ ।’

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।

यसको कार्यान्वयनमा कोहलपुर नगरपालिकाले अग्रसरता लिएको उपप्रमुख संगिता सुवेदीले बताइन् । सम्झौता कार्यक्रममा स्थानीयतह, स्वास्थ्य बीमा संयोजन समितिका पदाधिकारीहरु र नगरपालिकाका कर्माचारीहरुको उपस्थिति रहेको थियो ।

  • २३ श्रावण २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech