प्युठानमा एकै परिवारका तीन जनामा हैजा सङ्क्रमण

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०८१, शुक्रबार

प्युठानः प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् ।

गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए ।

तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो”, उनले भने ।

गौमुखी गाउँपालिकाका ८ जनामा झाडापखाला देखिएको थियो । उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

  • १८ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech