प्रसूति बिदा र विशेष स्तनपान: कागजमा मात्र किन ?

    • विहिता भट्टराई

  • १७ श्रावण २०८१, बिहीबार

अगस्ट १ विश्व स्तनपान सप्ताह मनाउन रमाइलो लाग्छ, होइन त? WHO ले हामीलाई बच्चाको जीवनको पहिलो ६ महिनासम्म विशेष स्तनपान गर्न सल्लाह दिन्छ। कागजमा त सबै राम्रै देखिन्छ। तर नेपालका आमाहरूलाई यथार्थ के हो भने, पर्याप्त प्रसूति बिदा बिना, यो सल्लाह मात्र हावादारी कुरा जस्तै भएको छ।

अब कल्पना गरौं, हाम्रो नियोक्ता र सरकार हामीलाई यो महत्त्वपूर्ण काम गर्न आवश्यक सहयोग दिइरहेका छन्। अरे, त्योत सपनामात्र हो । वास्तविकतामा, हामीले बच्चाको स्वास्थ्य र हाम्रो काम बीच छनोट गर्नुपर्ने बाध्यता छ।म, एक ११ महिनाको छोरीको आमा, ९८ दिनको मात्र प्रसूति बिदा पाएँ। अब, म ६ महिनाको विशेष स्तनपानलाई कसरी प्रवर्द्धन गर्ने ?

हामीलाई सिफारिसहरू मात्र सामाजिक सञ्जालमा होइन, दैनिक जीवनमा पनि लागू गर्नु पर्ने हो। यस स्तनपान सप्ताहमा, हामीले विस्तारित प्रसूति बिदाको आवश्यकता बारेमा आवाज उठाउनु पर्ने हो। सबै आमाहरूलाई उनीहरूको बच्चाहरूलाई उत्कृष्ट सुरुवात दिने अवसर सुनिश्चित गर्नकालागि विस्तारित प्रसूति बिदाको लागि वकालत गर्नु पर्ने समय आएकोछ।

तपाईं पनि आफ्नो स्थानिय क्षेत्रमा स्तनपान गरिरहेकी आमाहरूलाई समर्थन र सहयोग गर्नुहोस्। केवल स्तनपान सप्ताहको उत्सव मात्र होइन, यसलाई वास्तविकतामा लागू गर्न सहयोग गर्नुहोस्। किन कि हामी, नेपालीहरू, किन सधैं यी अधिकारहरू प्राप्त गर्न पछि परिरहेका छौं ?

आउनुहोस्, सिफारिसलाई वास्तविकता बनाऔं!

“Closing the gap: Breastfeeding support for all”

  • १७ श्रावण २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech