२२ नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०८१, बिहीबार

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक काठमाडौँ, १७ साउनः शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सिंहदरबारमा आज बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, समिति सभापति अम्मरबहादुर थापा लगायत सहभागी । तस्बिर ः प्रदीपराज वन्त÷रासस

नेपालगन्जः आशयपत्र पाएका २२ नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिले निर्देशन दिएको छ। आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरेका २२ वटा संस्थालाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको हो।

आशयपत्र पाएका सांस्थाहरु सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी) पुगेको छ।

‘प्रावधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदको बैठक तत्काल राखी सम्बन्धनका लागि चिकित्सा शिक्षा ऐन २०७५ र सो सम्बन्धी नियमावली बमोजिम आवश्यक मापदण्ड, शर्त र प्रक्रिया पुरा गरेका संस्थाहरुलाई आयोग समक्ष पेश गरी सम्बन्धन स्वीकृति गरी यसै शैक्षिक सत्रभित्र भर्ना प्रक्रिया प्रारम्भ गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिने’ समितिले निर्णय गरेको छ।

  • १७ श्रावण २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech