धनगढी: धनगढीमा थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका १, बस्ने ६ र ८ वर्षका दुई बालकमा हैजा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले जानकारी दिनुभयो ।
थप चार जनाको रिपोर्ट आउन भने बाँकी छ । यसअघि सोही टोलका दुई जनामा हैजा संक्रमण देखिएको थियो । दुवैजना उपचारपछि घर फर्किएका छन् । जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार हैजा संक्रमण देखिएका बस्तीमा थप परीक्षणको दायरा बढाइएको छ ।