काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु मातहतका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्द हुन आग्रह गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको सामाजिक सुरक्षा कोषका योजनाहरु सुचारु रुपमा संचालन भइरहेकोले मन्त्रालय अन्तर्गका निकायहरुमा आवद्ध श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सुचीकृत गराइ श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्न मन्त्रालयले अनुरोध गरेको छ।
‘रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र बमोजिम सामाजिक सुरक्षा ऐन, २०७४ को कार्यान्वयनका लागि सामाजिक सुरक्षा कोषको स्थापना भई हाल कोषका योजनाहरु सुचारु रुपमा संचालन भईरहेकोले यस मन्त्रालय अन्तर्गका निकायहरुमा आवद्ध श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सुचीकृत गराई श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्न अनुरोध छ।’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।