नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०८१, शुक्रबार

नेपालगन्जः नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा किरण शाक्य नियुक्त हुनु भएको छ । यसअघि मेडिकल डाइरेक्टरमा डा कमल बहादुर खड्का हुनुहुन्थ्यो ।

नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले शुक्रबार डा शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो। डा शाक्य फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा नेपाल आँखा अस्पतालमै कार्यरत हुनुहुन्थ्यो।

डा शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा कार्यरत हुनुहुन्छ । नेपाल आँखा अस्पतालले यसै वर्ष डा शाक्यलाई सर्जन अफ द इयरको रुपमा पुरस्कृत समेत गरेको थियो।

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech