राप्ती प्रतिष्ठानमा अप्रेसनका बिरामी बढेपछि दुई अत्याधुनिक ओटी थपियो

    • स्वास्थ्य पेज

  • १ श्रावण २०८१, मंगलवार

दाङः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अपरेशन थिएटर सञ्चालनमा आएको छ । अप्रेसन गर्ने बिरामीको चाप अत्याधिक बढेपछि त्यसलाई मध्यनजर गर्दै थप दुई वटा ओटी सञ्चालनमा ल्याईएको उपकुलपति डा. विकास लामीछानेले बताउनुभयो । सुविधा सम्पन्न रहेका दुई वटा ओटीको एक कार्यक्रमका बीच उपकुलपति डा.लामिछानेले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उपकुलपति डा.लामिछानेल थोेरैमात्रै अप्रेसन थिएटर हुँदा बिरामीहरुलाई अप्रेसनकै लागि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएकोमा अबदेखि विस्तारै हट्दै जाने बताउनुभयो । उहाँले प्रतिष्ठानमा विशेषज्ञ चिकित्सहरुको थपिएसंगै सेवामा सुधार हुँदै गइरहेको बताउँदै अप्रेसन गर्नका निमित्त प्रतिष्ठानमा अप्रेसन थिएटरको संख्या ६ वटा पुगेको बताउनुभयो।

त्यस्तै, प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिले अस्पतालमा अप्रेसन गर्न ओटी थपिनु सुखद पक्ष भएको भन्दै अप्रेसनका लागि बिरामी र चिकित्सकहरुले पालो कुर्नुपर्ने समस्या अबदेखि हट्दै जाने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका ओटी इञ्चार्ज एनेस्थेसियोलोजिष्ट डा.राजन शाक्यले सुरुमा दुई वटा ओटिवाट सुरु गरेको अप्रेसन सेवा अब ६ वटा ओटी भएसँगै सेवालाई व्यवस्थित गर्नमा थप सहजता मिलेको बताउनुभयो ।

दैनिक २५ वटा बढी अप्रेसन हुँने गरेको जानकारी दिँदै उहाँले अप्रेसन गर्नुपर्ने बिरामीहरुको संख्या बढ्दै गएकाले ओटी विस्तारमा जोड दिईएको बताउनुभयो । प्रतिष्ठानका मेट्रोन शर्मिला शर्माले नयाँ ओटि सञ्चालनमा आएसँगै चिकित्सक र नर्शसहितको स्वास्थ्यकर्मी जनशक्ति व्यवस्थापन भइसकेको बताउँदै थोरै ओटि हुँदा चिकित्सकहरुले अप्रेसनका लागि निकै समय पालो कुनुपर्ने समस्या रहेकोमा अबदेखि त्यो नहुने विचार व्यक्त गर्नुभयो ।

  • १ श्रावण २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech