प्रतिबन्धित औषधी सहित दुई पक्राउ

    • स्वास्थ्य पेज

  • ३१ असार २०८१, सोमबार

नेपालगन्ज: प्रहरीले भारतबाट प्रतिबन्धित औषधी लिएर आएको फेला पारेपछि दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेका छोटेलाल थारु र त्यसमा सवार भुन्सी थारुलाई प्रतिबन्धित औषधी सहित फेला पारेको भन्दै नियन्त्रणमा लिएको हो ।

भे.१० प २२५८ नम्बरको मोटरसाइकलमा रुपैडिहाबाट आएका उनीहरुसँग Vocet नामक औषधी १ हजार पिस र Nimesulide Tablets औषधी १ हजार पिस फेला पारेको थियो ।

प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभाग नेपालगन्जमा पठाएको जानकारी दिएको छ ।

  • ३१ असार २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech