को बन्दै छ स्वास्थ्यमन्त्री ?

    • स्वास्थ्य पेज

  • २३ असार २०८१, आईतवार

नेपालगन्जः प्रमुख दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्तासमीकरणमा सहमति बनेसँगै मन्त्रालय टुंग्याउन दलहरुमा आन्तरिक छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यही २८ गते विश्वासको मत टुङ्गिएपछि मात्रै दलहरुबीच मन्त्रालय बाँडफाँडको विषय टुङ्गिने बताइएपनि आन्तरिकरुपमा मन्त्री बन्नेहरुले चाहना व्यक्त गर्न थालेका छन् ।

कांग्रेस र एमालेबीचको सहमति अनुसार पहिला एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसपछि कांग्रेस सभापति र संसदीय दलका नेताको नेतृत्वमा सरकार बन्ने छ । अहिले कुन मन्त्रालय काँग्रेस र एमालेले सम्हाल्ने प्रारम्भिक कुरा अगाडि बढे पनि निर्णय चाही भएको छैन् । विशेष स्रोतका अनुसार कांग्रेस र एमालेबीच गृह मन्त्रालय कांग्रेसले र अर्थ एमालेले लिने सहमति भइसकेको छ।

काङ्ग्रेसभित्र गृहमा रमेश लेखकलाई उपप्रधानसहित सरकारको नेतृत्व गराएर पठाउनेबारे छलफल जारी भएपनि एमाले अध्यक्ष केपी ओली काङ्ग्रेसबाट गगन थापाको नेतृत्वमा मन्त्रीहरू सरकारमा आउन् भन्ने चाहना राख्नुभएको स्रोत बताउँछ । जसका कारण उपप्रधानसहित कुन मन्त्रालय लिएर सरकारमा जानेबारे काङ्ग्रेसभित्र अलमल देखिन्छ।

स्वास्थ्य मन्त्रालयमा प्रदीप पौडेलले इच्छा देखाउनुभएको छ । तर निर्णय भइसकेको छैन। काँग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परे पौडेल कन्र्फम जस्तै रहेको बताइन्छ । कांग्रेस महामन्त्री गगन थापाले सरकारमा नयाँ अनुहारलाई पठाउने दाबी गर्नुले पनि पौडेल यो पटक मन्त्री हुने सम्भावना बढी छ ।

  • २३ असार २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech