के हो सुगर अर्थात मधुमेह रोग ? कसरी बच्ने ?

नेपालमा पछिल्लो समय कम उमेरकै मानिसहरु पनि विविध कारणले यो समस्याको सिकार भईरहेका छन् । खासगरी मानिसहरूको रहनसहन, खानपान र अस्वस्थ जीवनशैलीका कारण अहिले मधुमेहका बिरामी बढीरहेको विभिन्न तथ्याङ्कहरुले देखाउँछ ।


    • डा.दिपक पौडेल \ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ

  • २३ असार २०८१, आईतवार

मधुमेह अर्थात सुगर पछिल्लो समय एउटा गम्भीर स्वास्थ्य समस्याका रुपमा देखा परेको छ । यसलाई चिकित्सकीय भाषामा ‘डाइअबीटीज’ भन्ने गरिन्छ । रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई सुगर वा चिनी रोग पनि भन्ने गरिन्छ । मधुमेह अर्थात डाइअबीटीजको समस्याअहिले विश्वभरि नै निरन्तर बढिरहेको छ।

नेपालमा पछिल्लो समय कम उमेरकै मानिसहरु पनि विविध कारणले यो समस्याको सिकार भईरहेका छन् । खासगरी मानिसहरूको रहनसहन, खानपान र अस्वस्थ जीवनशैलीका कारण अहिले मधुमेहका बिरामी बढीरहेको विभिन्न तथ्याङ्कहरुले देखाउँछ ।

यसका प्रकारहरु ?

मुधुमेह विभिन्न प्रकारका हुन्छन् । टाइप १, टाइप २ , गेष्टेशनल मधुमेह र स्पेसिफिक टाइप अफ डायबिटिक ।
टाइप १ र टाइप २ प्राणघातक मधुमेह हो भने गेष्टेशनल मधुमेह गर्भावस्थाका बेला हुने गर्दछ जो बच्चा जन्मेपछि आफै हराएर जान्छ ।

कसरी हुन्छ मधुमेह ?

खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ। पेटनजिकै अवस्थित प्यान्क्रिअस अर्थात् अग्न्याशय भनिने एउटा ग्रन्थिले इन्सुलिन होर्मन उत्पादन गर्छ जसले हाम्रो शरीरलाई त्यो ग्लुकोजलाई सोसेर पोषण बनाउन निर्देशन दिन्छ। तर इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा हुन थाल्छ। त्यस्तो अवस्थालाई मधुमेह अर्थात् डाइअबीटीज भनिन्छ।

मधुमेहका लक्षणहरु ?

रगतमा ग्लुकोजको मात्रा बढ्दै गएपछि विभिन्न लक्षणहरु देखिन सक्छन् । केहि लक्षणहरु निम्न छन् ।

– मुख सुक्ने

-बढी तिर्खा लाग्ने र धेरै पिसाब लाग्ने

-पिसाब गरेको ठाउँमा कमिलाहरू जम्मा हुनु

-एकदमै गलेको महसुस हुने

-दुब्लाउदै जानु

-भोक बढी लाग्ने

-मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने
-धमिलो देखिने

-चोट र घाउ निको नहुने

-यौन शक्तिमा ह्रास आउनु

मधुमेहबाट कसरी बच्ने ?

-शारीरीक व्यायाम गर्ने । कम्तिमा हप्ताको ५ दिन ३० मिनेट जति हल्का पसिना आउने गरी हिँड्नु धेरै उत्तम ।

– अधिक वजनले मधुमेहको जोखिमलाई बढाउँछ त्यसैले शरिरको तोैल सन्तुलित राख्ने

-शरीरलाई आराम दिनुको साथसाथै यसलाई चुस्त राख्ने

-खानपानमा नियन्त्रण गर्ने, चिनीजन्य परिकारहरु कम खाने

-चिल्लो कम खाने, चाहिने भन्दा बढि खाना नखाने

-लामो समय भोकै नबस्ने ।

-सूर्तीजन्य पदार्थहरु र पेय पदार्थ सेवन नगर्ने

-फ्राइ तथा पोलेका परिकार कम खाने-

-नियमित स्वास्थ्य परीक्षण गर्ने ।

-मधुमेहको शंका लागे एकपटक चिकित्सकलाई सम्पर्क गर्नु रामो्र

लेखक डा .पौडेल काठमाडौं स्थित सिभिल अस्पतालका मधुमेह, थाइराइड तथा हरमोन रोग विशेषज्ञ हुनुहुन्छ ।

सुगर,थाइराइड तथा हर्मोन विशेषज्ञ डा.दिपक पौडेल यही श्रावण ४ गते शुक्रबार नेपालगन्ज आउँदै हुनुुहुन्छ । उपचार तथा परामर्शका लागि ०८१-५३०१०५

  • २३ असार २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech