भेरी अस्पतालको मेसु फेरिए, डा.प्रकाश थापालाई निमित्त प्रमुख मेसुको जिम्मेवारी

कोरोनाको महामारीमा डा.थापाकै नेतृत्वमा त्यसको व्यवस्थापन, उपचार र निदानमा प्रभावकारी कार्य गरेको भन्दै उहाँको प्रशंसा हुने गरेको छ ।


    • स्वास्थ्य पेज

  • २१ असार २०८१, शुक्रबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिन्टेन्डेन्ड फेरिएका छन् । स्वास्थ्य मन्त्रालयले अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी डा.प्रकाश थापालाई दिएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.पवनजंग रायमाझीलाई मन्त्रालयले हटाएर भेरी अस्पतालमै कार्यरत डा.थापालाई निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिएको हो ।

डा.थापाले यसअघि पनि कुशलतापूर्वक भेरी अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन थापा दशौं तहका चिकित्सक हुनुहुन्छ ।

कोरोनाको महामारीमा डा.थापाकै नेतृत्वमा त्यसको व्यवस्थापन, उपचार र निदानमा प्रभावकारी कार्य गरेको भन्दै उहाँको प्रशंसा हुने गरेको छ ।

संघीय अस्पतालहरुमा भेरी अस्पताललाई कार्य सम्पादन मूल्यांकनमा लगातार उत्कृष्ट बनाउन डा.थापाको महत्वपूर्ण योगदान रहदै आएको छ । चिकित्सकीय क्षेत्रमा मात्र नभएर व्यवस्थापकीय क्षेत्रमा पनि डा.थापा उत्तिकै अव्वल रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

  • २१ असार २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech