राप्तीसोनारीमा स्वास्थ्यको बजेट ७ करोड ७२ लाख बढी

    • स्वास्थ्य पेज

  • १० असार २०८१, सोमबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि करिव ८६ करोड अनुमानित बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा आजदेखि सुरु भएको गाउँसभाको १५ औं अधिवेशनमा उपाध्यक्ष मनिषा सिंह थारुले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।

त्यसमध्ये स्वास्थ्यतर्फ ७ करोड ७२ लाख ७२ लाख २० हजार विनियोजन गरिएको जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवा संचालन गर्न, प्रयोगशाला सेवालाई विस्तार र गुणस्तरीय बनाउन, औषधि खरिद गर्न, विभिन्न प्रकारका शिविर संचालन गर्न, नागरिक आरोग्य केन्द्रको सेवालाई विस्तार गर्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य संस्थाहरुको निर्माण र मर्मत सम्भार, महिला स्वास्थ्य स्वयमसेविका परिचालन, खोप जस्ता जनस्वास्थ्यका विषयमा बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पौडेलले गाउँपालिकाभित्र निर्माण सम्पन्न भइसकेका गाउँघर क्लिनिक तथा खोप केन्द्रहरुमा आवश्यक सामाग्रीको व्यवस्था गरिने उल्लेख गर्नुभयो । जेष्ठ नागरिक, असाहय शारिरीक अशक्त तथा दिर्घ रोगीहरुका लागि गाउँपालिका अध्यक्षसँग विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्ने नीति गाउँपालिकाले लिएको छ ।
यस्ता छन् स्वास्थ्यका विषय

 

  • १० असार २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech