सरकारले भन्यो-‘पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्नू’

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०७७, आईतवार

काठमाडौं ११, असोज ।
लक्षण नदेखिका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्ष्ण नगराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयको प्रवक्ता प्रा डा जागेश्वर गौतमले निजी कलेजले विद्यार्थीलाई पीसीआर परीक्षण गराएर मात्र परीक्षाका लागि सहभागी गराउने निर्णय गरेको भन्दै त्यसो नगर्न उहाँले आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘परीक्षा दिनअगाडि विद्यार्थीलाई पीसीआर परीक्षण गराउनलाई कुनै पनि वैज्ञानिक आधारले पुष्टि गर्दैन। लक्षण नभएका कुनै पनि विद्यार्थीलाई पीसीआर गरेर मात्र परीक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यन्वयन नगर्न र नगराउनु हुन हामी अनुरोध गर्दछौँ।’

यस्तै सरकारले तोकेका व्यक्ति बाहेकलाई परीक्षण गराउनु वा गर्न लगाउनु अवैधानिक मानिने उहाँले बताउनुभयो ।

  • ११ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech