जानकीका गर्भवतीलाई चल्ला

    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०८१, शुक्रबार

नेपालगन्जः बाँकेको जानकी गाउँपालिकाले गर्भवती महिलाहरुको लागि पोषण तथा आयआर्जनको लागि पोषण विशेष कार्यक्रम अन्तर्गत आज कुखुराको चल्ला वितरण गरेको छ । जानकी गाउँपालिका स्वास्थ्य तथा पशु सेवा शाखाको आयोजनामा गर्भवती महिलाहरुको लागि पोषण तथा आयआर्जनको लागि पोषण विशेष कार्यक्रम अन्तर्गत कुखुराको चल्ला वितरण गरिएको हो । वडा नम्वर ३, ४ र ५ का गरी ५१ जना गर्भवती महिलाहरुलाई प्रति ब्यक्ति १० वटाका दरले जम्मा ५१० वटा कुखुराका चल्ला वितरण गरिएको छ ।

संघीय बजेटबाट प्राप्त अनुदान ुपोषण विशेष कार्यक्रमु अन्तर्गत १ लाख ५० हजार बराबरको चल्ला गर्भवती महिलाहरुलाई वितरण गर्न सुरु गरिएको पशु सेवा शाखाका प्रमुख दिल वहादुर खड्काले बताउनुभयो । खड्काले गर्भवती महिलाको लागि पोषणको काम पनि गर्ने, अन्डा उत्पादन हुने र अन्डा उत्पादन भए पश्चात मासु पनि खान सक्नुका साथै बढी भएको अन्डा विक्री गरेर पैसा पनि आर्जन गर्न सक्ने माध्यम भएको बताउनुभयो । ती चल्लाले ६ महिना पुगेपछि अन्डा दिन शुरु गर्छन् ।

आफ्नो अवधिमा प्रति चल्लाले १२० वटा अन्डा उत्पादन गर्ने खड्काले बताउनुभयो । जानकी गाउँपालिकाले गर्भवती महिलाहरुको स्वास्थ्य राम्रो होस् भन्ने उद्देश्यका साथ चल्ला दिएकोमा आफूहरु खुशी भएको वडा नम्वर ४ की स्थानीय भुमा रोका र सुनिता रैदासले बताउनुभयो । गर्भवती महिलाहरुको लागि पोषण तथा आयआर्जनको लागि पोषण विशेष कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामआचल धोवी, स्वास्थ्य शाखा प्रमुख दल वहादुर राना लगायत स्वास्थ्य शाखा तथा पशु सेवा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech