नेपालगन्जः व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जको आयोजना तथा मधुवन नगरपालिकाको समन्वयमा निशुल्क प्राथमिक कान उपचार शिविर गरिएको छ ।
बर्दियाको ताराताल स्वास्थ्य चौकीमा भएको उक्त शिविरमा १५० जनाको कान चेकजाँच गरिएको थियो । त्यसक्रममा २७ जनामा कान पाक्ने समस्या, १२ जनामा कानभित्र फोहोर, ५ जनामा कान सुन्ने मेसिन लगाउनु पर्ने अवस्था देखिएको छ । त्यसैगरी ४ जनामा कानको जाली सुनिएको र एक जनामा कानको हड्डी खाने रोग समेत फेला परेको कान चिकित्सकहरुले बताए ।
बरिष्ठ कान सहायक चिकित्सक तिर्थमान थारु र आउट रिच इन्चार्ज तथा बरिष्ठ कान सहायक चिकित्सक भिषण थारुले कान चेकजाँच गर्नुभएको थियो ।