गणतन्त्र दिवसमा रक्तदान

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८१, मंगलवार

नेपालगन्जः १७ औं गणतन्त्र दिवसको अवसरमा नेपालगनजमा रक्तदान कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पतालको परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदानमा ३५ जनाले रगत दान गरेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो ।

विरामीको उपचारको लागि रगत अभावलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा निजमती कर्मचारी, स्वास्थ्यकर्मी, युवागायतले रक्तदान गरेका थिए ।नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की, भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा.पवनजंग रायमाझी, भेरी अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा राजन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

  • १५ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech