महिनावारी भएका बेला महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाइने

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८१, मंगलवार

नेपालगन्ज: महिनावारी भएका बेला महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय मङ्गलवारदेखि नै कार्यान्वयनमा आएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन श्रेष्ठले महिनावारीका सुरुका चार दिन सडकमा नखटाउने निर्णय कार्यान्वयनमा आइसकेको जानकारी दिनुभयो । ‘हामीले मातहतलाई निर्देशन दिइसकेका छौँ। महिनावारीका सुरुका चार दिन सडकमा नखटाउने निर्णय कार्यान्वयनमा आइसकेको छ’, एसएसपी श्रेष्ठले भन्नुभयो।

काठमाडौं उपत्यकामा दैनिक ३ हजारभन्दा बढी सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घनमा कारबाही हुने गरेको छ। त्यसरी कारबाहीमा पर्ने सवारी चालकलाई जरिवाना हुने गरेको छ। कतिपय उल्लङ्घनका कारबाहीमा ट्राफिक कक्षा लिनुपर्ने नियम पनि छ। गृहमन्त्री लामिछानेले मङ्गलवार बिहान सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसमा सानो प्रयास भन्दै महिनावारीका सुरुका चार दिन महिला ट्राफिक प्रहरीलाई सडकमा नउतार्ने घोषणा गर्नुभएको छ ।

  • १५ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech