जीवन ज्योति बिधालयको पहलमा क्यान्सर पीडित बिद्यार्थीलाई करिब साढे ८ लाख सहयोग

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८१, मंगलवार

कोहलपुर: कोहलपुर वडा न. १० मा रहेको जीवन ज्योति स्कुलले आफ्नो स्कुलमा अध्ययनरत एकजना बिद्यार्थी प्राण घातक रोग ब्लड क्यान्सरबाट पीडित बनेपछि उनको उपचारमा अग्रसरता लिएको छ  ।

कक्षा ४ मा अध्ययनरत क्यान्सर पीडित अध्यन गौतमलाई विद्यालय तथा अन्य निकायसँगको सहकार्यमा आठ लाख चालीस हजार दुई  सय एकहत्तर रुपैयाँ सहयोग गरिएको बिधालयका प्रिन्सिपल फादर जोमन जेम्सले बताउनुभयो ।

सहयोग रकम बिरामीका अभिभावक अर्जुन उपाध्याय गौतम लाई हस्तान्तरण गरिएको पनि उहाँको भनाइ छ । गौतमको हाल दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भई रहेको अर्जुन उपाध्याय गौतमले जानकारी दिनुभयो। अध्यनको  किमोथेरापी भई रहेको अभिभावकको भनाइ छ ।

उपचार सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै जीवन ज्योति स्कुलका प्रिन्सिपल जेम्सले आफ्नो विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई प्राण घातक रोग लागेको खवरले आफूहरू निकै दुखी भएको बताउँदै स्कुल र बिभिन्न निकायसँगको सहकार्यमा सहयोग रकम संकलन गरिएको जानकारी दिनुभयो । उहाँले अध्यनको शिघ्रस्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।

अध्यनको उपचार प्रक्रिया चली रहेकाले थप सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुुुभयो। सामाजिक उत्तरदायित्व बहन गर्न जीवन ज्योति परिवार सदा अग्रसर रहेको भन्दै फादर जोमन जेम्सले आफूहरू अध्यनको जीवन जोगाउन लागी पर्ने बताउनुुुभयो  ।

जीवन ज्योति स्कुलले कोरोना महामारी, भूकम्प प्रभावित लगायतका बिपत्ति र महामारीमा पनि प्रभावितहरूलाई सहयोग गर्दै आएको छ ।

  • १५ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech