स्वास्थ्य मन्त्रीद्धारा मातहतका उच्च अधिकारीको सरुवा

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०८१, शुक्रबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले माताहतका निकायमा कर्मचारीको सरुवा गर्नुभएको छ । मन्त्रालयका उच्च कर्मचारीका अनुसार स्वास्थ्यमन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) प्रमुख डा.रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गर्नुभएको छ।

यसअघिका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नियुक्त गनुृभएका डा. प्रमोद यादवलाई हटाउँदै मरासिनीलाई जिम्मेवारी दिइएको हो । तर, इपिडिमियोलोजी महाशाखामा भने हालका लागि कसैललाई पनि जिम्मेवारी दिइएको छैन । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको छ । अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई कान्ति अस्पतालमा फिर्ता पठाइएको उच्च अधिकारीले बताए ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरलाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ भने केन्द्रमा कसैलाई पनि जिम्मेवारी दिइएको छैन । राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा अवधेश कुमार मिश्रालाई प्रमुख मेसुको जिम्मा दिइएको छ । यसैगरी, मन्त्रालयका उपसचिव चिरञ्जिवी घिमिरेलाई आयुर्वेद विभागमा पठाइएको र आयुर्वेद विभागमा रहेका रेवतीरमण शर्मालाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिएको छ ।

  • ११ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech