खानाका परिकार प्रदर्शन गर्दै वेष्टर्न हस्पिटलले दियो उच्च रक्तचापबारे जानकारी

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं: वेष्टर्न हस्पिटल नेपालगन्जले उच्च रक्तचापबारे सचेतनामुलक कार्यक्रम गरेको छ ।

अस्पतालले आज विश्व उच्च रक्तचाप दिवसका अवसर पारेर उच्च रक्तचापको कारण, लक्षण र जोगिने उपायबारे जानकारी गराएको हो । त्यसक्रममा अस्पतालका आहारविज्ञ सुशीला खनालले रक्तचापको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराउनुभएको थियो ।

ब्लड प्रेसरको समस्या हुनै नदिन र उच्च रक्तचाप नियन्ञण गर्न कुन समयमा कस्तो खाने, के नखाने भन्नेबारेमा उहाँले खानाका परिकार प्रदर्शन गरेर जानकारी गराउनुभयो । रक्तचापबाट जोगिन उहाँले खानपिनमा विशेष ख्याल गर्न सुझाव समेत दिनुभयो ।

हस्पिटलले विभिन्न समस्या लिएर अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तको ब्लड प्रेसरको जाँच समेत गरेको थियो ।

फोटो फिचर

  • ४ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech