आज विश्व उच्च रक्तचाप दिवस । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
उच्च रक्तचाप भनेको के हो ?
उच्च रक्तचाप भनेको रक्त वाहक नलीहरुमा रक्त संचारको समयमा उत्पन्न हुने उच्च दवाव (माथिल्लो प्रेशर १४० र तल्लो प्रेशर ९०) वा सो भन्दा बढि हो र यस्तो अवस्था सामान्य भए तापनी उपचार नगरेमा गम्भिर घातक हुनसक्छ ।
सामान्यतया उच्च रक्तचापले टाउको दुख्ने, दृष्टि धमिलो हुने, छाती दुख्ने हुन्छ। सामान्यतया उच्च रक्तचापको कुनै लक्षण हुदैन त्यसैले स्वास्थ्य सेवा प्रदायकहरुले यसलाई मौन हत्यारा समेत भन्दछन् । उच्च रक्तचाप भए नभएको जान्ने एउटै उपाय भनेको नियमित रक्तचापको परिक्षण नै हो ।
उपचार नगरेमा उच्च रक्तचापको के परिणाम हुन सक्छ ?
धमनी सम्वन्धि रोग ।
हृदयघात को हल्का अवस्था
ठूलो हृदयघात
मुटु नजिकका धमनीहरुको रोग ।
मृगौला सम्वन्धि रोग वा मृगौला फेल हुनु ।
आँखाको क्षति ।
कुन कुन अवस्थामा रक्तचाप बढन सक्छन ?
बुढेसकाल
अत्यधिक मोटाउदा ।
शारिरीक रुपमा निश्क्रिय रहनु ।
नुनको बढि सेवन गर्नु ।
चिनी रोग लागेको हुनसक्नु ।
मदिरा वा मदिराजन्य पदार्थको अध्यधिक सेवनले उच्च रक्तचापको खतरालाई बढाउंछ ।
उच्च रक्तचापको व्यवस्थापन कसरी गर्ने ?
कम्तिमा पनी दैनिक ३० मिनेट अनिवार्य रुपले शारिरीक व्यायाम गर्ने।
धुम्रपान कदापी नगर्ने ।
नून वा नुनीलो वस्तुको सेवन कम गर्ने साथै मदिराको सेवन एकदमै कम गर्ने ।
आफ्नो वजन सही राख्ने ।
धेरै तनाव नलिने ।