काठमाडौं: सरकारले संघीय अस्पतालहरुलाई कार्यबोझको आधारमा पुर्नसंरचना गर्ने भएको छ ।
सरकारको आगामी आवको नीति तथा कार्यक्रम मंगलबार संसदको संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायतका अस्पतालमा बहिरंग (ओपिडि) सेवा दुई सिफ्टमा सञ्चालन गरिने बताउँनुभएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधा सम्पन्न बनाइने बताउँनुभयो ।
यस्तै सरकारले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रूपमा विकास गर्ने जनाएको छ ।