नेपालगन्जः सरकारले ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा तथा औषधि उपचारको व्यवस्था गरिने नीति ल्याउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१ /८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त नीति ल्याउने जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा लिनका लागि सकसपूर्ण अवस्था रहेको चर्चा बेलाबखतमा चलिरहेका बेला सरकारले यस्तो निती ल्याएको हो ।
त्यस्तै सरकारले फोहोर घटाउने तथा पुनः प्रयोगको अवधारणा लागु गरिने, विद्यालयमा सञ्चालित पोषिलो तथा दिवा खाजा कार्यक्रमलाई परिमार्जन गरिने पनि राष्ट्रपति पौडेलले बताउनुभयो ।