कैलालीमा एम्बुलेन्स दुर्घटना,भारतबाट उपचार गरी फर्किरहेकी युवतीको मृत्यु

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०८१, मंगलवार

कैलाली: कैलालीको लम्कीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना भएको छ। लम्की चुहा नगरपालिकाको बलचौरमा भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएको यूके ०४ पीए १९०५ नम्बरको भारतीय एम्बुलेन्स आज बिहान दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका ९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।

एम्बुलेन्समा चालकसहित छ जना सवार थिए। एम्बुलेन्स र चालक प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ।

  • १ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech