भेरीसहितका संघीय अस्पतालमा जनशक्ति थप गर्ने स्वास्थ्य मन्त्री यादवको पहिलो निर्णय

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०८१, मंगलवार

नेपालगन्जः नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने विषयमा पहिलो निर्णय गर्नुभएको छ ।

स्वास्थ्य मन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै पदभारका लागि स्वास्थ्य मन्त्रालयमा पुग्नु भएका मन्त्री यादवले मन्त्रालयका तर्फबाट तयार पारिएको फाइलमा भेरी अस्पतालसहितका संघीय अस्पतालहरुमा जनशक्ती थप गर्ने उल्लेख छ । त्यही फाइलमा मन्त्री यादवले हस्ताक्षर गर्दै उक्त निर्णय गर्नुभएको हो ।

स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रीले हस्ताक्षर गरेको फाइल पढेर सुनाउने क्रममा भेरी अस्पतालसहित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्दै अगाडि बढ्ने उल्लेख छ।

  • १ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech