जसपाले बुझायो ३ मन्त्रीको नाम,स्वास्थ्यमन्त्रीमा प्रदीप यादव सिफारिस

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०८१, सोमबार

काठमाडौं: जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा जाने भएको छ । जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ ।

उसले स्वास्थ्यमन्त्रीमा प्रदीप यादवलाई सिफारिस गरेको छ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वास्थ्यमन्त्रीमा यादव र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानको नाम पठाएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो ।

त्यस्तै जसपाले मन्त्रीमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई दिएको छ । तर मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उहाँको टुंगो लाग्ने बताइएको छ ।

दुवै जनाले आजै शपथ लिने तयारी समेत रहेको छ । यसअघि जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार नै राजीनामा दिनुभएको थियो ।

  • ३१ बैशाख २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech