जिल्ला अस्पताल बैतडीमा स्वास्थ्यकर्मी आन्दोलित, सेवा प्रभावित

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०८१, आईतवार

धनगढी: स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएपछि जिल्ला अस्पताल बैतडीमा आकस्मिक सेवा बाहेकका सेवा ठप्प भएको छ। विगत ९ महिनादेखि अतिरिक्त भत्ता र सार्वजनिक बिदामा काम गरे बापतको भत्ता रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत स्वास्थ्यकर्मीहरुले आइतबारदेखि सेवा ठप्प पारेका हुन्।

उनीहरुले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिक र वार्ड बाहेकका सेवा दिन असमर्थ रहने भन्दै यसअघिनै अल्टिमेटम दिएका थिए। स्वास्थ्यकर्मीले बुधबार प्रदेश सरकारलाई ९६ घण्टे अल्टिमेटम दिदै माग सम्बोधन नभए संघर्षमा जाने चेतावनी दिएका थिए ।

यो अवधिमा माग सुनवाइ नभएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरुले बताएका हुन् । आन्दोलनरत स्वास्थ्यकर्मीहरुका अनुसार अस्पतालमा कार्यालय सहयोगीदेखि चिकित्सकसम्म ९३ जनाले अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामबापतको भत्ता पाउन बाँकी छ ।

  • ३० बैशाख २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech