नेपालगन्जः डा.गोविन्द केसीले फेरि आमरण अनशन सुरु गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा.केसीले २२ औं पटक अनशन सुरु गर्नुभएको हो ।
अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गर्नुभएको छ ।
उहाँले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गर्नुभएको छ।
हेर्नुहोस् केसीको प्रेस वक्तव्य