शनिवार नेपालगन्जमा मेरुदण्ड सम्बन्धी कार्यशाला गोष्ठी

    • स्वास्थ्य पेज

  • २ चैत्र २०८०, शुक्रबार

नेपालगन्ज: शनिवार नेपालगन्जमा मेरुदण्ड सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । ‘Association Of Spine Surgeon Of Nepal’ को आयोजनामा पहिलो पटक नेपालगन्जमा यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा सातै प्रदेशका मेरुदण्ड रोग विशेषज्ञ, न्यूरोसर्जन, रेडियोलोजिष्ट लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

मेरुदण्डको समस्या विश्वमा नै शारीरिक अशक्तताको प्रमुख कारण बन्दै गइरहेको अवस्थामा उक्त समस्याको पहिचान, उपचार र निदानका सवालमा अनुभव साटासाट र शिक्षा आदानप्रदान गर्न यो कार्यक्रमको आयोजना गरिएको Association Of Spine Surgeon Of Nepal’ का लुम्बिनि प्रदेश संयोजक डा.प्रकाश बहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको र सहभागिताका लागि देशका विभिन्न शहरहरुबाट मेरुदण्ड रोग विशेषज्ञहरु नेपालगन्ज आईसक्नुभएको समेत उहाँले जानकारी दिनुभएको छ ।

  • २ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech