नेपालगन्जः नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य तथा जि नेपाल फोर के टेभिजिजनका पत्रकार अभिषेक गुप्तामाथि भेरी अस्पताल नेपालगन्जका सुरक्षागार्डले दुव्र्यवहार गरेका छन् । उक्त घटनाको नेपाल प्रेस युनियन बाँके शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
रिपोर्टिङको लागि आज दिउँसो २ः४२ बजे अस्पताल पुगेका पत्रकार गुप्ताले अस्पतालको फुटेजहरु खिज्नेक्रममा सुरक्षागार्डद्धारा क्यामेरा खोस्ने काम गरिएको बताउनुभएको छ । आफुले पत्रकार हो भनेर परिचय दिँदा समेत सुरक्षागार्डले यस्ता पत्रकार धेरैलाई चिनेको छु भन्दै अनुमति वेगर फुटेज नलिन धम्की दिएको पनि पत्रकार गुप्ताले बताउनुभयो ।
युनियनका सचिव भीष्म लोधद्धारा आज जारी विज्ञप्तीमा पत्रकार गुप्तामाथि दुव्र्यवहार गर्ने सुरक्षागार्डमाथि अस्पताल प्रशासनले छानवीन गरी कारवाही गर्न समेत माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ-‘ अस्पतालको आइसीयू, प्रयोगशाला स्थल जस्तो संवेदनशील ठाउँमा रिपोर्टिङ गर्दा स्वभाविकरुपमा पत्रकारहरु संवेदनशील हुनैपर्छ । तर अस्पताल बाहिरको दृष्य खिच्नमा समेत रोक लगाउँदै पत्रकारमाथि दुव्र्यवहार गरिनु दुःखद कुरा हो ।’
यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध रिपोर्टिङको वातावरण बनाउन युनियनले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ ।