तनाव डिप्रेसनमा कसरी बदलिन्छ ?

    • स्वास्थ्य पेज

  • ३० फाल्गुन २०८०, बुधबार

कुनै कुराको चिन्ता गर्नु स्वभाविक हो । तर चिन्तामा डुबिरहनु चाहिं हानिकारक हुनसक्छ । दिनरात तनाव वा चिन्ता लिंदा व्यक्ति डिप्रेसनमा पुग्न सक्छ । र, डिप्रेसनमा पुगिसक्दा समयमै पहिचान भई परिवारको सहारा र सहयोग मिलेन भने अवस्था थप गम्भीर हुनसक्छ ।

आजभोलि डिप्रेसनले सिकार भएका कलिला उमेरदेखि पाको उमेरका मानिस अस्पतालका मानसिक रोग विभागमा धेरै भेटिन्छन् । वास्तवमा, मस्तिष्कले जब पूरा आराम पाउँदैन, तब त्यसमा एक किसिमको तनावले दबाब बनिरहन्छ । जसकारण तनाव बिस्तारै डिप्रेसनमा बदलिन्छ ।

तनाव कसरी डिप्रेसनमा बदलिन्छ ?

तनाव शरीरको होमियोस्टेसिसमा हुने गडबडी हो । होमियोस्टेसिस एक अवस्था हो, जसले व्यक्तिको शारीरिक, मानसिक र मनोवैज्ञानिक कार्यलाई बाधा पुर्‍याउँछ । तनावका कारण शरीरमा केही हार्मोनको स्तर औसतभन्दा बढ्छ, जसमध्ये एड्रेनालाइन र कोर्टिसोल प्रमुख छन् । निरन्तर यी हार्मोनको स्तर बढेमा तनाव डिप्रेसनमा परिणत हुन्छ ।

डिप्रेसन एक गम्भीर अवस्था हो । यद्यपि यो कुनै रोग होइन, यो शरीर र जीवन असन्तुलित बन्दै गइरहेको संकेत हो । डिप्रेसनले घेर्दै गएपछि कतिपयलाई समाधानका लागि औषधि लिनु आवश्यक लाग्छ । तर  डिप्रेसनका लागि चलाइने ‘एन्टिडिप्रेसन’ जस्ता औषधि सेवन मात्र व्यक्ति र उसको जीवनलाई सन्तुलित पार्न त्यति प्रभावकारी हुँदैनन् ।

अस्पतालमा कलिलो उमेरका बिरामीको चाप  

तनाव कुनै पनि उमेरमा हुनसक्छ । अस्पतालहरूमा १८ देखि २६ वर्ष उमेर समूहका बिरामीको भीड धेरै देखिन्छ । यो जति छिटो पहिचान भयो त्यति छिटो निको हुन्छ । तर विडम्बना कतिपय रोगलाई दोष भन्दै झारफुक जस्तो अन्धविश्वासमा समय खेर फालिरहेको पनि देखिन्छ । अवस्था निकै जटिल भएपछि मात्रै बिरामी चिकित्सककहाँ आइपुग्छन् । त्यतिबेला ढिला भइसकेको हुने हुनाले पहिलेकै अवस्थामा फर्काउन कठिन हुन्छ ।

तनावग्रस्त बिरामीलाई औषधि दिएर अस्पताल भर्ना गरेर मात्र निको हुन सक्दैन । उसलाई माया, हेरचाह र हौसला पनि दिन आवश्यक छ ।

डिप्रेसन कसरी हुन्छ ?

डिप्रेसन के कारणले हुन्छ भन्ने अहिलेसम्म वैज्ञानिक अनुसन्धानबाट स्पष्ट भइसकेको छैन । तर मानिसको व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै कुराले तनावमा महत्त्वपूर्ण भूमिका खेल्ने केही निश्चित प्रमाणले देखाउँछन् ।

जीवनमा कतिपय यस्तो मोड आउन सक्छ, जसबारे धेरै सोचेमा अवस्था नाजुक बन्न सक्छ । जस्तै, प्रियजनबाट अलग हुनु, जागिर गुमाउनु, वैवाहिक सम्बन्ध टुट्नु, पढाइमा असफलता र अन्य धेरै कुरा डिप्रेसनको कारण बन्छन् ।

यसबाहेक जीवनप्रति नकारात्मक सोच भएका व्यक्ति डिप्रेसनमा जाने डर बढी हुन्छ । ‘म सफल हुन सक्दिनँ, त्यस कारण म केही काम गर्न सक्दिनँ, अरू भन्दा म कमजोर छु’ सोच उनीहरुमा आउँछ ।  उनीहरूको मनभित्र एक किसिमको त्रास भइरहन्छ । जसले दिन बित्दै जाँदा डिप्रेसनमा पुग्ने जोखिम बढ्छ । साथै, थाइराइड तथा भिटामिन डीको कमी जस्ता स्वास्थ्य समस्या र केही औषधिको साइड-इफेक्टका कारण पनि मानिस डिप्रेसनमा जान सक्छ ।

सामान्य मानिसको तुलनामा डिप्रेसन भएका व्यक्ति समाजबाट टाढै बस्न रुचाउने भएपनि अन्य धेरै लक्षण छन्, जसबाट डिप्रेसन भएको अनुमान गर्न सकिन्छ ।

लक्षण

डिप्रेसनका लक्षणहरू फरक-फरक हुन सक्छन् । अत्यधिक संवेदनशील हुनु, कम वा बढी भोक लाग्नु, धेरै वा कम सुत्नु, रिस र चिडचिडापन हुनु, थकान र ऊर्जाको कमी हुनु, पेट र टाउको दुख्नु, ध्यान केन्द्रित गर्न समस्या हुनु जस्ता समस्या डिप्रेसनका लक्षण हुन् ।

उदासी वा एक्लोपन, नकारात्मक मनोवृत्ति, शारीरिक अस्थिरता जस्ता समस्या छन् भने मनोचिकित्सकसँग परामर्श लिइहाल्नुपर्छ ।

डिप्रेसनका विभिन्न स्तर हुन्छन् ।

मेजर डिप्रेसन : यो डिप्रेसन भएमा व्यक्तिको दिनचर्या नै प्रभावित हुन्छ । यो समस्याबाट ग्रसित व्यक्तिमा अत्यधिक दु:खी, हतास, ऊर्जाको कमी, चिडचिडापन, कुनै काममा ध्यान नजानु, निद्रा र खाने बानीमा परिवर्तन, शारीरिक दुखाइ र आत्महत्या जस्तो विचार आउन सक्छ । डिप्रेसनको मुख्य कारण यही हो भनेर पत्ता लगाउन चिकित्सकलाई एक साता लाग्न सक्छ ।

कतिपय अवस्थामा भने मानिसलाई कुनै आघातले मेजर डिप्रेसनको हल्काफुल्का अनुभव गर्छन् । र, समय अनुसार उनीहरू सम्हालिन्छन् ।

क्रोनिक डिप्रेसन : यो मेजर डिप्रेसनभन्दा केही हदसम्म कम गम्भीर छ । तर यसमा खतरा पनि छ । क्रोनिक डिप्रेसनलाई ‘डिस्थाइमिया’ पनि भनिन्छ । जसमा व्यक्ति लामो समयसम्म खराब मानसिक अवस्थाबाट ग्रस्त हुन्छ । यो अवस्था एक वर्ष वा सोभन्दा बढी रहन सक्छ । यस डिप्रेसनमा औषधिभन्दा टक थेरापी राम्रो हुन्छ ।

यद्यपि, केही अध्ययनले टक थेरापी र औषधिको संयोजनले राम्रो परिणाम आएको देखाएको छ । एक व्यक्ति जो डिस्थाइमियाको जोखिममा छ उनीहरूमा गम्भीर प्रकारको जोखिम हुन्छ ।

बाइपोलर डिसअर्डर : बाइपोलर डिसअर्डर पनि डिप्रेसनको एक प्रकार हो, जसलाई ‘म्यानिक डिप्रेसन’ पनि भनिन्छ । यसले व्यक्तिको मुडमा असन्तुलन अर्थात् भावनात्मक उतारचढाव (मेनिया वा हाइपोमेनिया) निम्त्याउँछ ।

जब कोही व्यक्तिले उदास वा निराश महसुस गर्छ, कुनै पनि गतिविधिमा रुचि गुमाउँछ । तर जब मुड अर्को दिशामा परिवर्तन हुन्छ, ऊ ऊर्जाले भरिएको र हर्षित देखिन्छ । मुडमा यस्ता परिवर्तन प्रायः वर्षमा एक वा दुई पटक देखिन सक्छ ।

यद्यपि, यो रोग अशान्त हुने खालको दीर्घकालीन अवस्था हो । जसकारण यस रोगबाट पीडित व्यक्तिले विशेषज्ञको सल्लाहमा उपचार गर्न आवश्यक छ ।

पोस्टमार्टम डिप्रेसन : बच्चाको जन्मले महिलाभित्र मिश्रित चरम भावनाको सागर ल्याउँछ । जसमा उत्साह र खुसीका साथै डर हुन्छ । कहिलेकाहीं यी सबैको संयुक्त परिणाम डिप्रेसन हुनसक्छ । सबैभन्दा बढी पहिलो पटक बच्चाको आमा बनेकी आमाले केही समयसम्म मुड स्वीङहरू हुनसक्छ । जसमा अचानक रुनु, चिडचिडापन र निद्रा समस्या देखिन सक्छ ।

यो महिलामा सुत्केरी भएको एक वा दुई दिनभित्र सुरु हुन्छ । र, लगभग दुई हप्तासम्म रहन्छ । तर केही नयाँ आमाहरूले गम्भीर डिप्रेसन अनुभव गर्छन्, जुन लामो समयसम्म रहन्छ, जसलाई ‘पोस्टमार्टम डिप्रेसन साइकोसिस’ भनिन्छ ।

प्रिमेनेस्ट्रुअल सिन्ड्रोम : केही महिलामा महिनावारी हुनुपुर्व केही दिन पहिलो स्तनमा कडापन, सुजन र मांसपेशीमा दुखाइको अनुभव हुन्छ । यो स्वभाविक प्रक्रिया हो ।

तर कसैमा हार्मोनको गडबडले यो स्वभाविक प्रक्रियाले दिननै अस्तव्यस्त गर्‍यो भने प्रिमेनेस्ट्रुअल सिन्ड्रोम भनिन्छ । यो सिन्ड्रोम भएकी महिलालाई ३० देखि ४० वर्षमा थप खतरनाक हुनसक्छ । साथै, भिटामिन बी, क्याल्सियम वा म्याग्नेसियमको कमी, तनावको उच्च स्तर, शारीरिक निष्क्रियता र अत्यधिक कफी पिउने महिला यसको जोखिमा रहन्छन् ।

सिजनल अफेक्टिभ डिसअर्डर : सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) मौसम परिवर्तनअनुसार व्यक्तिमा असर देखिन्छ । मौसम बदलिएसँगै केही व्यक्तिको ऊर्जा समाप्त भई उसलाई ‘मुडी’ बनाउँछ । गर्मी र जाडो मौसमको सुरुवातमा कसैलाई डिप्रेसनको अनुभव हुनसक्छ ।

साइकोसिस डिप्रेसन : साइकोसिस एक मानसिक अवस्था हो । तनावमा परेका दुई प्रतिशत भन्दा बढी मानिसले यस्ता गम्भीर अवस्था अनुभव गर्छन् । यस्ता मानिसलाई बोल्न, घुम्न इच्छा हुन्छ । यसको उपचारका लागि ‘एन्टिडिप्रेसेन्ट’ र ‘एन्टिसाइकोटिक’ औषधिहरू प्रयोग गरिन्छ ।

उपचार

फार्माकोथेरापी : कुनै पनि मानसिक रोगको औषधि उपचारलाई फार्माकोथेरापी भनिन्छ । डिप्रेसनको उपचारका लागि एन्टिडप्रिसेन्टहरू औषधि प्रयोग गरिन्छ । लक्षणका आधारमा यी औषधि छनोट गरिन्छ । सामान्यतया, तीन महिनादेखि एक वर्षसम्म यो औषधि लिने सल्लाह दिइन्छ ।

यसको सेवनले कतिपयलाई बान्ता हुने, मुख सुक्खा हुने, चक्कर लाग्ने, बेचैनी हुने, तौल बढ्ने, कब्जियत हुने जस्ता लक्षण देखा पर्न सक्छन् ।

कतिपय व्यक्तिले डिप्रेसन भएपछि आफ्नो उचित हेरचाह गर्न सक्दैन । वा, जब बिरामीले आफैंलाई वा अरू कसैलाई हानि पुर्‍याउने डर हुन्छ । यस्तोमा भने अस्पतालमा राख्नुपर्ने हुन्छ । अस्पतालमा मनोचिकित्सा उपचारले बिरामीको मुड सुधार नभएसम्म शान्त र सुरक्षित राख्न मद्दत गर्छ ।

परामर्श आवश्यक

डिप्रेसनको सबैभन्दा प्रभावकारी उपचार ‘टक थेरापी’ मानिन्छ । परामर्शदाताले डिप्रेसनका व्यक्तिलाई व्यावहारिक सल्लाह दिन्छन् ।

‘टक थेरापी’का धेरै चरण हुन्छन् । र, प्रत्येकको अवधि एक घण्टाको हुन्छ ।

कोगनिटिभ बिहेबियोरल थेरापी

कोगनिटिभ बिहेबियोरल थेरापी (सीबीटी) को उद्देश्य सकारात्मक सोच्न मद्दत गर्नु हो । डिप्रेसनबाट सिकार भएको व्यक्ति असहाय र निराश महसुस गर्नुको सट्टा परिस्थितिसँग राम्रोसँग सामना गर्न सकोस् । र, परिस्थितिको आनन्द लिन पनि सुरु गर्न सकुन् ।

यो थेरापी पनि विगत वा बाल्यकालका घटनाहरू भन्दा वर्तमान परिस्थितिहरूसँग व्यवहार गर्नमा केन्द्रित छ ।

उपचारको अन्य विकल्प

गम्भीर तनाव र डिप्रेसनको उपचारका लागि केही अन्य विकल्पहरू पनि प्रभावकारी हुँदै गएका छन् ।

अंकुपञ्चर : यसमा उपचारका लागि शरीरको विशिष्ट बिन्दुहरूमा सुई प्रयोग गरिन्छ । डिप्रेसनको उपचारको रूपमा यसमा आत्मविश्वास निरन्तर बढ्दै गएको छ । यसबाट केही अनुसन्धानमा राम्रो नतिजा पनि आएको छ ।

विश्राम प्रविधि : विश्राम प्रविधि तनाव व्यवस्थापनको एक महत्त्वपूर्ण भाग हो । यसले शरीर र दिमागको तनाव स्तर कम गर्छ । विश्राम प्रविधिहरूले सास फेर्न र वर्तमान क्षणमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।

मसाज थेरापी : मसाजलाई दिमाग र शरीरलाई तनावमुक्त राख्न एक निश्चित तरिका मानिन्छ । यो मन र शरीर कायाकल्प गर्ने सबैभन्दा पुरानो तरिका हो । मसाजले तनाव, क्रोध, निराशा र डिप्रेसन कम गर्छ । मसाजले मानसिक शान्ति प्रदान गर्छ, जसले एकाग्रता बढाउँछ र उत्साह कम गर्छ ।

डान्स थेरापी : डान्स भनेको औषधि जस्तै हो । यसले तनाव र चिन्ता कम गर्छ र शरीरमा ऊर्जाको प्रवाह बढाउँछ । नृत्यबाट दिमागमा ‘एन्डोर्फिन’ नामक हार्मोन निस्कन्छ । यसबारे भएका अध्ययन तथा अनुसन्धानले पनि नृत्यले अल्जाइमर र डिमेन्सियाको जोखिम कम गर्ने पत्ता लगाएको छ । नृत्यले डिप्रेसनको सिकार हुने जोखिम पनि कम गर्छ । डान्स थेरापीमा डान्स सत्र एक घण्टादेखि तीन मिनेटसम्म रहन्छ  यो थेरापीका लागि चिकित्सकको सल्लाहमा नृत्य सिकाउने वा जुम्बा सिकाउने केन्द्रमा सामेल हुन सकिन्छ ।

बीबीसीबाट

  • ३० फाल्गुन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech