राजन शाही- नेपालगन्ज ८, असोज ।
हाल नेपालमा कोरोना भाइरस संक्रमितहरूको संख्या ६८ हजार नजिक पुगिसकेको छ । संक्रमण दर दिनानुदिन वढदै जादा तोकिएका आइसोलेसन सेन्टर तथा कोभिड अस्पतालका बेडहरू संक्रमितहरुले भरिभराउ भएका छन् । अस्पतालमा भर्ना भई उपचार आवश्यक भएका संक्रमितहरूलाई कोभिड अस्पतालमा भर्ना गर्ने तथा सामान्य लक्षण भएका वा लक्षणविहीन संक्रमितहरू भने होमआइसोलेसनमा बस्न सक्ने मापदण्ड सरकारले लागु गरेको छ ।
क्वारेन्टाइन तथा आइसोलेसनलाई जनस्वास्थ्यका दृष्टिकोणले माहामारी रोकथाम तथा नियन्त्रणको भरपर्दो उपायको रूपमा लिने गरिन्छ । क्वारेन्टाइन वा आइसोलेसन गर्नु भनेको संक्रमणलाई रोक्नु वा संक्रमण फैलन नदिन तोकिएको समय सम्म छुट्टै बस्नु वा अलगिनु हो । नेपालमा अहिले कोभिड संक्रमणको अवस्था हेर्दा लक्षण चिन्ह भएकाहरूको संख्या भन्दा लक्षण चिन्ह नभएका संक्रमितहरूको संख्या धेरै रहेको छ ।
पछिल्लो समय लक्षण चिन्ह नदेखिएका संक्रमितहरु धमाधम होमआइसोलेसनमा बस्न थालेका छन् । तत्कालको अवस्थामा यो ठिकै पनि देखिएको छ। किनकी संक्रमित सबैलाई राख्ने अस्पतालसँग संरचना छैन । यसको विकल्पमा होमआइसोलेसन उपयुक्त मानिएको छ । तर आवश्यक सावधानी अपनाइन भने होमआइसोलसनमा बस्दा स्वास्थ्य जोखिम पनि उत्तिकै छ ।
होम आइसोलेसनमा बस्दा के ध्यान दिने ?
– संक्रमित बस्ने कोठा प्रकाश प्रयाप्त आउने तथा हावा खल्ने छुट्टै कोठा हुनुपर्ने।
-उपचार अवधिभर बिरामि घर बाहिर ननिस्कने र आवश्यक पर्ने सामाग्रीहरू परिवारका सदस्यहरू मार्फत मगाउने ।
-रोग प्रतिरोधात्मक क्षमता बढाउन पोसिलो खानेकुरा आवश्यक भएकाले खानपानको व्यवस्थामा बिशेष सावधानी अपनाउनुपर्नेछ जस्तै : प्रयाप्त मात्रामा पानी , फलफूल तथा झोलिलो, पोषिलो प्रोटिनयुक्त खानेकुराहरू खाने।
– प्रयोग गरिएका भाडाहरू आफैले सुरक्षित रूपले सफा गर्ने र राम्रोसँग सुके पछि मात्र पनुः प्रयोग गर्ने ।
– स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउने ।
– दात माझ्ने ब्रस लगायतका सामानहरु राख्ने तथा छुट्टै बेसिनको प्रयोग गर्ने ।
-धेरै प्रयोग हुने वस्तुहरु जस्तै :ढोका, मेसनका ह्यान्डल, टेबल तथा अन्य सामाग्रीहरू जनु धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरूको डिसईन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गने ।
– हात धुनुे साबनु र पानीको प्रयाप्त व्यवस्था पर्ने र सबै सदस्यहरुले समय समयमा सफा गर्ने ।
– भॉडाकुडा, कपडा धुनका लागि पञ्जा लगाएर धुने वा मेसिनमा छुट्टै धुने र राम्रो सँग घाममा सकाउने ।
– निजको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र निजले अनिवार्य रूपमा मेडिकल मास्क प्रयोग गर्ने ।
– बढी जोखिममा रहने समुहहरू जस्तै : दीर्घरोगीहरू, ६० वर्ष माथिका जेष्ठ नागरिकहरू, गर्भवती तथा सुत्केरी महिलाहरूलाई निजको सम्पर्कबाट टाढा राख्नुपर्नेछ ।
– दिनमा कम्तिमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने।
– हरेक दिन दुई पटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीहरुलाई फोन वा एस.एम.एसबाट जानकारी गराउने ।
निम्न अवस्था देखिए तत्काल स्वास्थ्यकर्मीलाई जानकारी दिहाल्नुहोस्
– श्वासप्रश्वासमा कठिनाई भएमा
– छाती दुखे वा भारी महससु भएमा
– ओठ तथा अनहुार नीलो देखिएमा ,
-होस हराएमा, अन्य कुनै जटिल अवस्था देखिएमा
(राजन शाही नेपालगन्ज उममहानगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट हुनुहुन्छ । उहाँ भाइरस संक्रमित भएर अहिले आइसोलेसनमा बसिरहनुभएको छ । )