कोरोना संक्रमितको उपचारमा खटिने फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई २५ लाखको बीमा

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

काठमाडौं ७,असोज ।
सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी र चिकित्सकहरुको २५ लाख बराबरको बीमा गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।

२०७७ साउन १ देखि लागू हुने गरी कोरोना उपचारमा खटिने चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निःशुल्क बीमा क्षतिपूर्ति दिने निर्णय भएको हो ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech