नेपालगन्जमा सडकमा जथाभावी फोहोर फाल्नेमाथि कडाइ गरिँदै

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०८०, आईतवार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्न कडाइ गरेपछि वडा नं.५ ले आफ्ना वडाबासीले जथाभावी फोहोर नफाल्न आग्रह गरेको छ ।

वडा कार्यालयले आज एउटा सूचना जारी गरेर सडकमा जथाभावी फोहोर नफाल्न वडाबासीलाई आग्रह गरेको हो । वडाले फोहोर व्यवस्थापनका लागि वडा कार्यालयबाट वितरण गरिएको डस्टविन समेत प्रयोगमा नआएको पाइएको भन्दै त्यसतर्फ पनि सचेत गराएको छ ।

सडकमा जथाभावी फोहोर फाले ५ हजार देखि १० हजार रुपैयाँसम्म जरिवाना हुने भएकाले उपमहानगरपालिकाबाट फोहोर संकलनका लागि आउने टेक्टरमा मात्रै फोहोर फाल्न आग्रह गरेको छ ।

वडा अध्यक्ष शराफत हुसेन शेषद्धारा जारी विज्ञप्तीमा आफ्नो घर वरपर सफागरी टोल तथा वडालाई स्वच्छ राख्न पनि आग्रह गरिएको छ ।

  • १३ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech