मिर्गौला रोग विशेषज्ञ डा.हमालद्वारा स्वास्थ्यकर्मीलाई मिर्गौला सुरक्षाबारे परामर्श सेवा प्रदान

    • स्वास्थ्य पेज

  • १२ फाल्गुन २०८०, शनिबार

नेपालगन्ज: पछिल्लो समय मिर्गौला रोगको जोखिम बढ्दै गएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन सुझाव दिएका छन् । फेरिदो जीवनशैली, खानपिन लगायतका कारणले मिर्गौलामा समस्या हुने क्रम अस्वभाविक रुपमा बढ्दै गएको भन्दै चिकित्सकहरुले समयमै सावधानी अपनाउन सुझाएका हुन् ।

भेरी अस्पताल नेपालगन्जका वरिष्ठ मिर्गौला रोग विशेष डा. सौरभ हमालले नेपालमा अहिले मृत्यु हुने कारण मध्य मिर्गौला १० औं स्थानमा पर्छ । तर, अबको १० वर्षपछि यो तेस्रो स्थानमा आउन सक्ने भन्दै उहाँले सावधानी अपनाउन सुझाव दिनुभयो ।

सुगर तथा प्रेसरका बिरामीहरुमा मिर्गौलाको जोखिम बढि हुने उहाँको भनाइ छ । रगत,बपिसाब र अल्ट्रासाउन्ड जांच गर्ने हो भने धेरै हदसम्म मिर्गौलाको अवस्था बारे थाहा हुने उहाँको भनाइ छ । डायलाइसिस गराउनै पर्ने स्थितिसम्म पुग्नु पर्ने अवस्था आउन नदिन चेकजाँच नै उपयुुक्त विकल्प भएको पनि उहाँले बताउनुभयो ।

उहाँले मिर्गौला रोगको पहिचान गर्न जोखिम समुदाय सबैको स्कृनिङ गर्न जरुरी रहेको बताउनुभयो । शरीर सुनिने, शरीर चिलाउने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिए मिर्गौलामा समस्या भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

मिर्गौला रोगीले नुनको मात्रा कम खाने, मदिरा तथा धूम्रपान सेवन नगर्ने, प्रोटिनको मात्रा मिलायर खाने हो भने आयु लम्ब्याउन सकिने पनि उहाँको भनाइ छ । लक्ष्मी सरस्वती पोलिकिल्निक तथा डाइग्नोस्टिक सेन्टरको आयोजनामा आज नेपालगन्जमा स्वास्थ्यकर्मीहरुलाई मिर्गौला रोग व्यवस्थापन सम्बन्धी कार्यक्रममा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. हमालले मिर्गौला सुरक्षाका लागि सबै नागरिक सचेत हुन जरुरी रहेको बताउनुभयो ।

मिर्गौला सुरक्षाबारे स्वास्थ्यकर्मीहरुलाई पनि विशेषज्ञ चिकित्सकबाट तथ्यपरक जानकारी प्रवाह गर्नका लागि कार्यक्रम गरिएको पोलिकिल्निकले जनाएको छ ।

  • १२ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech