फुडप्वाइजनले एकै गाउँका १२० जना बिरामी, ५१ जनाको बर्दिया अस्पतालमा उपचार चल्दै

    • स्वास्थ्य पेज

  • ७ फाल्गुन २०८०, सोमबार

नेपालगन्जः बर्दियाको मधुवनमा फुड प्वाइजनका कारण एकै गाउँका सय बढी बिरामी परेका छन् । ती मध्ये चार जनाको अवस्था गम्भीर छ । ५१ जनाको गुलरियामा रहेको बर्दिया अस्पतालमा उपचार भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्डेन्ट डा. सुभाष पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार ३८ जना महिला, १३ जना पुरुष र ५ वर्ष मुनिका ७ जना बालबालिकाको अस्पतालमा उपचार जारी छ । तीमध्ये चार जनाको अवस्था गम्भीर छ ।

उनीहरुलाई सामाजिक सेवा इकाइको प्रकोप शीर्षकमा निशुल्क अस्पतालले उपचार गरिरहेको पनि पाण्डेले बताउनुभयो । करिव १२० जना मानिसहरुमा फुुडप्याइजन भएको स्थानीयले बताएका छन् । अन्यको भने मधुवन नगरपालिकामा रहेको नगर अस्पतालमा भइरहेको जनाइएको छ । चिकित्सकहरुले उनीहरुमा फुडप्वाइजनको आशंका गरेका छन् । बिरामीहरुमा पेट दुख्ने र झाडा पखालाको समस्या देखिएको स्थानीय बालकुमार चौधरीले जानकारी दिनुभयो ।

। मधुवन नगरपालिका वडा नं. ९ गर्भु गाउँका का ४१ जना स्थानीयहरु फागुन ४ गते दाङको चौघेरा भन्ने स्थानमा वनभोजका लागि गएका थिए । साँझ घर बाटै खाना पकाएर लगेका उनीहरु भोली पल्ट दाङ पुगी दिउँसो सोही खाना खाएको स्थानीय बाल कुमारी चौधरीले बताउनुभयो । बचेको खाना साँझ फर्किएर पुनः घरमा खाएका थिए ।

खाना खाएको केही समयमा सवैलाई पेट दुख्ने, बान्ता हुन सुरु भएको उहाँले बताउनुभयो । उनीहरुबाट घरका आफन्तलाई समेत संक्रमण फैलिएको र ४१ जना बाट अरुलाई सर्दै गएको मधुवन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बस्नेतले बताउनुभयो । वडा अध्यक्ष बस्नेतका अनुसार अहिले सम्म बिरामीको संख्या १२० जना पुगेका छन् ।

  • ७ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech