प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्विनीमा गणेश राज पौडेल

    • स्वास्थ्य पेज

  • ५ फाल्गुन २०८०, शनिबार

नेपालगन्जः प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश राज पौडेल चयन हुनु भएको छ । बुटवलको प्रदेश स्वास्थ्य तालिम केन्द्रमा आज भएको अधिवेशनले पौडेलको अध्यक्षतामा ४ वर्षीय कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्ष्यमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत हरि पुन, सचिवमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्यकर्मी बिनोद विसी, कोषाध्यक्षमा नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत रोशनी पुन, सह सचिबमा माजिद अलि रहनु भएको छ ।

यस्तै सदस्यहरुमा पाल्पाका सन्तोस भट्टराई, रुपन्देहीका बालकृष्ण कँडेल, जितेन्द्र यादब, कपिलबस्तुका जितेन्द्र प्रजापति, संजय हलवाई तथा बर्दियाका बिबेक चौधरी रहनु भएको छ । जनस्वास्थ्यमा स्नातक, स्नातकोत्तर तथा बिद्याबारिधि तह उतिर्ण गरेका प्रजातान्त्रिक बिचारधारामा समाहित जनस्वास्थ्यकर्मीहरुको संगठन प्रजातान्त्रिक जनस्वास्थ्य संघले आगामी दिनमा जनस्वास्थ्यको क्षेत्रमा प्रदेश स्तरिय नीति निर्माण लगायत जनस्वास्थ्यको क्षेत्रमा प्राविधिक तथा कार्यन्वयन पक्षलाई सरकारी तथा गैर सरकारी निकायहरुमा सहजीकरणको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

कार्यक्रममा लुम्विनी प्रदेश, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ, प्रजातान्त्रिक जनस्वास्थ्य संघ, नेपालका निबर्तमान केन्द्रिय अध्यक्ष श्री महेश्वरमान श्रेष्ठ, संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नरेश बाबु श्रेष्ठ, केन्द्रिय सचिब निरञ्जन पोख्रेल, किरण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

  • ५ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech