योग समितिको अध्यक्षमा पुनः भट्टराई

    • स्वास्थ्य पेज

  • ५ फाल्गुन २०८०, शनिबार

नेपालगन्जः योग समिति नेपाल केन्द्रीय कार्यालय नेपालगन्जको तेस्रो साधारण सभा एवम् अधिवेशनले सर्वसहमत नयाँ कार्य समिति चयन गरेको छ । नेपालगन्जमा शनिबार भएको अधिवेशनले योग गुरु गिरिराज भट्टराईलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा ) लाई चयन गरेको छ भने सचिवमा चिरञ्जीवी ज्ञवाली, सहसचिवमा टंक पौडेल रहेका छन् । यस्तै कोषाध्यक्षमा अम्बिका कोइराला र सहकोषाध्यक्षमा मन्दिरा शर्मालाई निर्वाचित गरेको छ । सदस्यहरूमा झबिलाल शर्मा, प्रेम केसी, सविता शर्मा, दिपक थापा, मेघराज बराल, प्रमोद अग्रवाल, सुनिता पन्थी र वसन्त गौतम रहनु भएको छ ।

यसअघि तेस्रो साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै लुम्विनी प्रदेशका सहरी विकास मन्त्री कुष्णा केसी नमुनाले योगाभ्यासले स्वस्थ र असल नागरिक बनाउन मद्दत पु¥याउनुका साथै सभ्य समाज निर्माणमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । योगालाई सरकारले व्यवस्थित गर्न नसकेको स्वीकार्दै उनले आगामी दिनमा कार्यक्रम र वजेट छुट्याउन पहल गर्ने विश्वास दिलाउनुभयो । प्रदेश सभा सदस्य आदेश कुमार अग्रबाल, आयुर्वेद विभाग टेकु काठमाडौका अनुगमन अनुसन्धान प्रमुख डा.प्रकाश ज्ञवाली, नेपालगन्ज उपमहानगरपालिका वडा न २ का अध्यक्ष मनोज श्रेष्ठ, योग समितिका सल्लाहकार नन्दलाल वैश्य र अधिवक्ता विश्वजीत तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकारितामार्फत योगाको व्यापकता र स्वास्थ्य सचेतनामा योगदान पु¥याएवापत रेडियो बागेश्वरी÷बागेश्वरी टिभीका स्टेशन म्यानेजर शुक्रऋषि चौलागाई, नेपाल टेलिभिजनका रिपोर्टर रुद्र सुवेदी र यूथ टुडेका सम्पादक मो आलम खानलाई कदर पत्रले सम्मान गरिएको थियो । अन्य क्षेत्रबाट सहयोग पु¥याउनेलाई पनि सम्मान प्रकट गरिएको थियो । सचिव निर्मला शाहबाट बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अम्बिका कोईरालाबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । योग समितिका प्रशिक्षक सालिक राम खनालद्धारा स्वागत मन्तब्य व्यक्त गरिएको कार्यक्रममा दुई सय ३६ जनालाई आजिवन सदस्यता पनि प्रमाण पत्र वितरण गरिएको थियो ।

  • ५ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech