बासगढीः बर्दियाको बासगढी स्थित कौशिलया अस्पतालमा एक दिने निशुल्क स्वास्थ्य शिविर गरिएको छ । प्रहरी तथा पूर्व प्रहरीलाई लक्षित गरि आयोजना गरिएको शिविरमा ७७ जना बढीको स्वास्थ्य चेकजाँच गरिएको कौशिल्या अस्पतालका प्रशासन शाखा प्रमुख शंकर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय मोतिपुर बासगढी बर्दियाको आयोजना तथा कौसिल्या अस्पतल बासगढी र कोहलपुर डेन्टल अस्पताल कोहलपुरको सयुक्त प्राबिधिक सहयोगमा प्रहरी तथा पूर्व प्रहरीहरुलाई लक्षित गरि शिविर गरिएको हो ।
शिविरमा सुगर प्रेसर, आँखा तथा दाँतको परीक्षण गरिएको थियो । स्वास्थ शिविरमा सहभागि इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले प्रहरीहरुको स्वास्थ्य अवस्थाबारेको प्रारम्भिक चेकजाँच गर्न शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले रोगको समयमै पहिचान गरेर उपचारमा सहजता ल्याउन शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोहलपुर डेन्टल अस्पताल प्रा लि का प्रमुख गजेन्द्र शाह, कौशिल्या अस्पतालका प्रशासन शाखा प्रमुख शंकर न्यौपाने शिविरको आवश्यकता र औचित्यमाथि धारणा राख्नुभएको थियो। प्रहरी तथा पूर्व प्रहरीहरुको स्वास्थ्य चेकजाँच भने फिजिसियन डा.लालु यादव, आँखा रोग विशेषज्ञ डा. निरज काफ्ले, दन्तरोग विशेषज्ञ डा मिना केसीलगायत स्वास्थ्यकर्मीहरुले गर्नुभएको थियो ।