युवाहरूलाई कन्डमबारे जनचेतना अभिवृद्धि गर्न म्युजिक कन्सर्टको आयोजना

    • स्वास्थ्य पेज

  • १ फाल्गुन २०८०, मंगलवार

नेपालगन्जः अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा आज बुटवलको मुटु मानिने ट्राफिक चोकमा म्युजिक कन्सर्टको आयोजना गरिएको छ । स्थानीय सत्य साई कला केन्द्रका कलाकारहरूको सांस्कृतिक प्रस्तुति सहित कार्यक्रममा कालीप्रसाद बास्कोटाको विशेष म्युजिक कन्सर्ट हुने भएको हो ।

एड्स हेल्थ केयर फाउन्डेसनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा विगत लामो समय देखि लागु पदार्थ प्रयोग कर्ताहरूको हकहित र अधिकारका लागि काम क्रियाशीलता आस्था समूह बुटवल आस्था समूह बुटवल र स्वाम्य निर्देशनालय राप्ती दाङको आयोजना गर्न लागेको हो ।

असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवाहरूमा एचआइभी सङ्क्रमण बढेकाले कन्डमको प्रयोग गर्ने बानी विकास गर्न साङ्गीतिक कार्यक्रममार्फत जनचेतना फैलाउन लागिएको आयोजकले जानकारी दिएको छ । साङ्गीतिक कार्यक्रममार्फत युवाहरूलाई कन्डमबारे जनचेतना अभिवृद्धि गर्दै एचआइभी एड्स, हेपाटाइटिस जस्ता सङ्क्रमण हुन नदिने उद्देश्यका साथ यो वर्ष बुटवलमा ओपन कन्सर्ट गर्न लागिएको एएचएफ नेपाल लुम्बिनी प्रादेशिक कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिनुभयो ।

युवा युवतिहरूलाई लक्षित गरेर कन्डमको प्रयोग तथा यसको फाइदाहरूको विषयमा जानकारी दिने उद्देश्यका साथ कन्सर्ट हुन लागेको उहाँले जानकारी दिनुभयो । एएचएफ नेपालका राधेश्याम श्रेष्ठका अनुसार यो संस्था ४५ वटा देशका फैलिएको छ । नेपालको सात वटा प्रदेशमा एचआइभी र एड्सको क्षेत्रमा काम गर्दै आएको छ । एएचएफ नेपालले सन् २०११ बाट कन्डम दिवस मनाउन थालेको हो ।

  • १ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech