कोहलपुरः कोहलपुर नगरपालिका वडा नं. ७ का दुई ठाउँमा दुई दिनसम्म चलेको निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधी वितरण एवम् परामर्श सेवामा ३८८ जनाले सेवा लिएका छन् ।
कोहलपुर नगरपालिका वडा नं. ७ को आयोजना तथा नगर स्वास्थ्य शाखा शहरी स्वास्थ्य केन्द्रको समन्वयमा आयोजित शिविरमा शनिवार दोस्रो दिन रजगरुवामा २१० जनाले सेवा लिएको शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज सुदन बुढाथोकीले जानकारी दिनुभयो ।
शुक्रबार लखनवारमा गरिएको शिविरमा १७८ जनाले सेवा लिएका थिए । त्यसैगरी १३३ जनाको मधुमेह चेकजाँच गरिएको छ । तीमध्ये १७ जनामा मधुमेह देखिएको कोहलपुर नगर अस्पतालका ल्याव इन्चार्ज दिपक शर्माले बताए । वरिष्ठ फिजिसियन डा.श्याम विक, डा.देवेन्द्र आचार्य, डा.सन्तोष थारु, डा. गोविन्द थारुलगायतले बिरामीको चेकजाँच गर्नुभएको थियो ।
उक्त शिविरमा स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीसहित स्वाथ्यकर्मीहरु अमित राना, शारदा चन्द, राजकुमार थारु, सुदन बुढाथोकी, आशिफ खाँनलगायत खटिनुभएको थियो ।