सुर्खेत: नेपाल औषधि व्यवसायी संघ सुर्खेत जिल्ला शाखाको दोस्रो अधिवेशन बाट पुन: रणबहादुर खड्का अध्यक्ष चयन हुनुभएको छ ।
वीरेन्द्रनगरमा सम्पन्न शाखाको दोस्रो जिल्ला अधिवेशनले खड्काको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा सेतुराम पाण्डे, थोक उपाध्यक्षमा दीर्घाकुमारी बुढाक्षेत्री, खुद्रा उपाध्यक्षमा पूर्ण बहादुर रानामगर र महासचिवमा मंगलकुमार शर्मा निर्वाचित भएको बताईएको छ ।
यस्तै कोषाध्यक्षमा दीपाकुमारी गाहा, सचिवमा निरक गुरूङ, उपकोषाध्यक्षमा हरि खड्का र सदस्यहरूमा सनिसरा महतम,कृष्णाकुमारी बोहोरा, नयाँराम न्यौपाने, टीका कुमारी थानी र रामलिला बम निर्वाचित हुनुभएको हो ।
यस्तै सदस्यमा पवन पाण्डे र लक्ष्मण भण्डारी मनोनित हुनुभएको छ ।
तस्बिरहरु :