नेपाल चिकित्सक संघ सुदूरपश्चिम सेती शाखाको अध्यक्षमा डा.भट्ट

    • स्वास्थ्य पेज

  • १९ माघ २०८०, शुक्रबार

धनगढी: डा.खगेन्द्र राज भट्टको अध्यक्षतामा नेपाल चिकित्सक संघ सुदूरपश्चिम सेती शाखाको नयाँ कार्यकारिणी समिति चयन भएको छ ।

संघले सर्वसम्मत रूपमा ११ सदस्यीय कार्यकारिणी समिति चयन गरेको हो । तीन वर्षिय कार्यकालका लागि उपाध्यक्षमा डा.नरबहादुर मौनी, सचिवमा डा.मेराज आलम अन्सारी, कोषाध्यक्षमा डा.रवीन्द्रदेव भट्ट, सहसचिवमा डा.जगदीश विष्ट, सहकोषाध्यक्षमा डा.जोनस तिवारी चयन भएको बताईएको छ ।

यस्तै, सदस्यहरूमा डा.विजय विक्रम बम, डा.चेतराज भट्ट, डा.गणेश फुलारा, डा.मोहन नाथ योगी र डा.शाम्यक शाक्य चयन भएको डा.जोनस तिवारीले जानकारी दिनुभएको छ ।

यसअघि संघको अध्यक्षमा डा.प्रदीप मिश्र रहनुभएको थियो ।

  • १९ माघ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech