नेपालगन्जः सरकारले स्वास्थ्य बिमा बोर्डका निर्देशक डा दामोदर बसौलालाई पदबाट हटाएको छ । यही माघ ९ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो ।
डा बसौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्राचार गर्दै पदबाट हटाइएको जानकारी गराएको छ । उहाँले पदीय जिम्मेवारी पूरा नगरेको र बोर्डको हितविपरीत कार्य गरेको पत्रमा उल्लेख छ ।