अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था हुने छैनः मन्त्री बस्नेत

    • स्वास्थ्य पेज

  • १५ माघ २०८०, सोमबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताउनुभएको छ । सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गर्नुभयो ।

उहाँले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरी रहेको बताउनुभयो। उहाँले कमजोरीलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मी पनि बढ्दै जान आवश्यक रहेको बताउनुभयो । उहाँले देशमा कामै नपाउने अवस्था रहेको बताउनुभयो ।

मन्त्री मस्नेतले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अप्ठ्यारो भइरहेको बताउनुभयो । उहाँले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताउनुभयो ।

  • १५ माघ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech