नरैनापुरका स्वास्थ्यकर्मीलाई जलन व्यवस्थापन तालिम

    • स्वास्थ्य पेज

  • १५ माघ २०८०, सोमबार

नेपालगन्ज: जाडो बढे संगै आगो ताप्ने क्रममा बृद्धबृद्धा र बालबालिकाहरु जलनमा पर्ने क्रम बढ्दै गएको छ । जलनमा परेर उपचारका लागि अस्पताल आउने बिरामीको संख्या बढ्दै गएसंगै जलनबाट बच्ने उपायहरुका बारेमा समुदायस्तरमै सचेतना फैलाउन सुरु गरिएको छ । यसैक्रममा अस्तित्व नेपाल नामक गैह सरकारी संस्थाले बाँकेको नरैनापुर गाउँपालिकाका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि जलन व्यवस्थापन तालिम संचालन गरेको छ ।

तालिमका सहभागी स्वास्थ्यकर्मीहरुलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ जनरल सर्जन डा हरिहर देवकोटाले प्रशिक्षण दिनु भएको थियो । तालिममा जलनबाट बच्ने उपायका साथै जलन भएका बिरामीहरुको उपचार कसरी गर्ने भन्ने सम्बन्धमा प्रशिक्षक डा देबकोटा र नरैनापुर गाउँपालिकाका २० जना स्वास्थ्यकर्मीहरुका बिच अन्र्तक्रिया गरिएको थियो ।

जलनबाट बच्नका लागि आगो ताप्दा होशियार रहनु सबै भन्दा उत्तम उपाय हो । सामान्य असाबधानीका कारण आगो ताप्दा मात्रै नभएर खाना पकाउदा, लागो बाल्दा, तेजाब लगायतका केमिकलहरु प्रयोग गर्दा पनि जलनका धेरै घटनाहरु हुने गरेका छन । नाइनल र पोलिस्टरका कपडा जलनका दृष्टिले धेरै जोखिम हुने भएकाले आगो ताप्दा सुतीका कपडा लगाउनु उपयुक्त हुन्छ ।साबधानी अपनाउदा अपनाउदै जलन भई हालेमा दौड्नु हुदैन ।

जलन भएको बेला दौडदा आगो शरिर भर फैलिएर शरिरको भित्रि भागमा गहिरो चोट हुने जोखिम धेरै हुन्छ । त्यसैले जलन हुना साथ भुइमा लडिबुडी गरेर शरिरमा लागेको आगोलाई निभाउने प्रयास गर्नु पर्छ । जलन भए पछि जलन भएको ठाउमा कम्तिमा २० मिनेट सम्म चिसोपानीले निरन्तर पखाली दिनु पर्छ ।

चिसो पानीमा भिजाएको सुतीको कपडाले जलन भएको ठाउलाई छोपेर अस्पताल पुराउदा जलनबाट हुने घाउलाई धेरै हद सम्म कम गर्न सकिने जलनका बिरामीको उपचारमा संलग्न बरिष्ठ सर्जन डा देबकोटाले बताउनुभयो ।जलन भएका बिरामीलाई निको हुन लामो समय सम्म उचार गर्नु पर्छ । उपचार पनि धेरै खर्चिलो हुन्छ । अस्तित्व नेपालले जलनमा परेर उपचारका लागि भेरी लगायत देशैभरका अस्पतालमा आउने बिरामीहरुका लागि उपचारमा सहयोग पुराउँदै आएको छ ।

  • १५ माघ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech